Bignepal’s Weblog

August 31, 2007

रेडियो अन्नपर्ूण्ाको अत्यन्त जरुरी सूचना

Filed under: Uncategorized — bignepal @ 2:42 pm

मिति २०६४/०५/१४

तपाईको १९ घन्टे दुःख सुखको संचार साथी रेडियो अन्नपर्ूण्ाले तपार्ँइ माझ अंझ वढी गुणस्तरीय सेवा प्रदान गर्न र आफ्नो प्रशारण क्षेत्रको प्रभाव अंझ बर्ढाई तपार्ँइसंग अरु वढी नजिकिने सिलसिलामा पोखराको गैह्रापाटनमा अवस्थित अडियो टावर काँहु डाँडामा सारीएको र त्यहाँबाट प्रशारण पर््रवर्धन गर्नको लागि शनिवार विहान ७ बजेको स्थानिय समाचार पछि प्रशारण बन्द हुने व्यहोरा जानकारी गराउँछौं ।

यसबाट हाम्रा श्रोता, शुभेच्छुक र विज्ञापनदाताहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौं । हामी सकेसम्म आईवार देखि पुनः नियमित प्रसारणमा जुट्ने वाचा गर्दछौं ।

रेडियो अन्नपर्ूण्ा ९३.४
पोखरा

पहाडको राहत तर्राईमा वितरण, अन्नपर्ूण्ाको टोलि रौतहटमा

Filed under: Uncategorized — bignepal @ 1:52 pm

आरजु
रेडियो अन्नपर्ूण्ा
पोखरा/भदौ १४

रेडियो अन्नपर्ूण्ा पोखराको पहलमा माछापुच्छ्रे बैंक, नेपाल निर्माण व्यवसायी संघ कास्की, खड्की सेवा समिति कास्की, क्षेत्रीय होटल संघ, पृथ्वीराजमार्ग बस संचालक समिति र पोखरा लायन्स क्लवको सहकार्यमा स्थापना गरीएको “अन्न्ापर्ूण्ा वाढिपिडित राहत कोष”मा संकलन भएको राहत आज रौहतटमा वितरण गरीएको छ ।

रेडियो अन्नपर्ूण्ाका निर्देशक शुसिल कुमार लामाको नेतृत्वमा वाढिपिडितको सहयोगार्थ राहत सामाग्री लिएर रौतहट गएको “अन्नपर्ूण्ा वाढिपिडित राहत कोष”को टोलिले रौतहट रेडक्रसको सहयोगमा करीब ५ सय घर परीवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

चन्द्रनिगाहपुरको गरुढा मा.वि मा स्थापित केन्द्रमा रेडियो अन्नपर्ूण्ाका निर्देशक शुसिल कुमार लामाले पिडितलाई खाद्यान्न वितरण गर्नुभयो । राहत पाएपछि गाउँवासिले भनेेः “अहिले सम्म एक छाक खाने गरेका थियौं, अब दर्ुइ छाक खान पाईने भईयो, यसैगरी गरीब दुःखीलाई सेवा गर्नुहोला ।”

पहाडबाट आएको राहत पाएपछि रौतहट गरुढा केन्द्रमा आएका वाढि प्रभावित क्षेत्रका वासिन्दाले खुसि व्यक्त गदै रेडियो अन्नपर्ूण्ा पोखरालाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।

यस्तै आज नै अन्नपर्ूण्ा वाढिपिडित राहत वितरण केन्द्र गरुढा नजिकै रौतहट रेडक्रसले अर्को केन्द्र खडा गरी वाढिपिडितलाई पोखरा लगाएतका ठाउँबाट प्राप्त लत्ता कपडा र आवस्यक भाँडाहरु वितरण गरेको छ ।

रेडक्रस रौतहटका अधिकृत राम कुमार वानियाले पोखराबाट आएको राहतले पिडितको पिडालाई कम गर्ने काम गरेको बताउँदै सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्तै अन्य संस्थाहरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।

अहिले तर्राईमा वषर्ा कम भएपनि भत्केका घरहरु बनाउने वातावरण नभएको रौतहट पुगेको अन्नपर्ूण्ा वाढिपिडित राहत कोषले जानकारी दिएको छ ।

रकम संकलनको लागि माछापुच्छ्रे बैंकको चिप्लेढुंगा शाखामा ४६ हजार १ सय नंबरको खाता खोलिएको थियो । हाल सम्म राहत कोषमा ५ लाख ९२ हजार संकलन भएको छ । संकलन हुने क्रम जारी रहेको छ ।

एचबीसीमा मध्यान्ह १२ बजेबाट साँझ ५ बजेसम्म धर्ना ।

Filed under: Uncategorized — bignepal @ 1:51 pm

विगनेपाल
०५/१४

एचवीसी एफएम को व्यवस्थापन पक्षद्धारा षडन्त्रमुलक ढगंबाट कर्मचारी निष्काशन गरिएको भन्दै कार्यालयमा आज मध्यान्हबाट साँझ ५ बजे सम्म धर्ना दिईएको खबर छ ।

पत्रकार तथा कर्मचारीको ससम्मान फिर्तीको माग गर्दै नेपाल पत्रकार महसंघ एचबीसी शाखाको नेतृत्वमा आज देखि एफएमको मूल ढोकामा धर्ना सुरु गरिएको संघले जनाएको छ ।

रेडियो व्यवस्थापन पक्षले सूचना टाँस गरी रेडियोमा कार्यरत ६ जना पत्रकार सहित ३७ जना कर्मचारीलाई निष्कासन गरेको जनाएको थियो । आज मध्यान्ह १२ बजेबाट शुरु भएको धर्ना पर्सिसम्म जारी रहने जनाईएको छ ।

निस्कासित कर्मचारीहरुलाई व्यवस्थापन पक्षले पर्सर्ीीम पनि पर्ुनर्वहाली नगरे नेपाल पत्रकार महासंघ आफैले आन्दोलनको नेतृत्व गर्ने चेतावनी दिइएको छ ।

महासंघ उपसभापति शिव गाउँलेले रेडियोको आन्दोलनमा महासंघको ऐक्यवद्धता रहेको बताउदै व्यवस्थापन पक्षको ज्यादती विरुद्ध महासंघ आफैलेे आन्दोलनको नेतृत्व गर्ने बताउनुभएको हो ।

महासंघले पर्सर्ीी६ गतेसम्म पनि कर्मचारीहरुका माग पुरा नगरिए थप आन्दोलनका कार्यक्रमहरु र्सार्वजनिक गरी कडा आन्दोलनमा उत्रने जनाएको छ ।

इनोभेटिव विरुद्ध पिडितद्धारा नारावाजी, क्षेत्रीपर्ूर्तिको माग

Filed under: Uncategorized — bignepal @ 10:22 am

आरजु
पोखरा, ०५/१३

व्यवसायको नाममा जनतालाई ठगि गरेको भन्दै नेटवर्किङ व्यवसायलाई कास्की प्रशासनले प्रतिवन्ध लगाए पछि प्रशासनको निगरानिमार् इनोभेटीवले आफ्ना ग्राहकलाई सामान वितरण गर्न थालेपनि ग्राहकले चित्त बुझाएका छैनन् ।

प्रतिवन्धित व्यवसायबाट डुवेको रकम बरावरको सामान भन्दा आफुहरुले रकम नै पाउनु पर्ने उनिहरुले माग गरेका छन् । ग्राहकहरुलर्ेर् इनोभेटिवको काममा चित्त नबुझेको भन्दर्ैर् इनोभेटिव विरुद्ध जिल्ला प्रहरी कार्यालय अगाडी नै आज नारावाजि गरे ।

यस्तो छ, पिडितको भनाई । उनले प्रशासनले छिटो संचालकले दिने भनेका सबै सुविधा पिडितलाई दिलाउन पहल गरी दिन माग गरे ।

यसैविच हामीले प्रतिबन्धित नेटवर्किङ व्यवसायको बारेमा पछिल्लो कारबाहीको प्रक्रिया के हुँदैछ भनि प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटी सोध्दा उहाँले कास्कीमार् इनोभेटिव बाट धेरैजना पिडित भएको बताउँनु भयो ।

अहिले सम्म करीब १ सय जनाले उजुरी दिएको र उचित छानविन गर्नको लागि ज्रि्रकालाई जिम्मा दिएको सिवाकोटीले जानकारी दिनुभयो ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र नभई समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने किसान पार्टर्ीी नेता बिजुक्छेको भनाई

Filed under: Uncategorized — bignepal @ 10:20 am

अनिल अधिकारी
भदौ १४

नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा लोकतान्त्रिक गणतन्त्र नभई समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

आज पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिजुक्छेले लोकतान्त्रिक गणतन्त्रमा हलो जोत्ने बर्गको समस्या सम्वोधन नहुने भएकाले समाजवादी गणतन्त्र आवश्यक रहेको बताउनुभयो ।

उत्पादनका मुख्य साधन राष्ट्रियकरण हुने, व्यक्तित्व बिकासमा समान अवसर हुने, शोषण बिरुद्धको अधिकार प्राप्तीका लागि समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टर्ीी ५४ जिल्लामा प्रशिक्षण अभियान थालेको जनाउनुभयो ।

आठ पार्टर्ीीे संबिधान सभाको घोषणा पत्र पछि आफ्नो पार्टर्ीीे आलोचनात्मक घोषणा पत्र ल्याउने जनाउनुभयो । उहाँले भन्नुभयो ः”अरु पार्टर्ीीागवण्डामा लाग्छन तर हाम्रो पार्टर्ीीयो सिद्धान्त बोकेको होइन । यदी संबिधान सभाको चुनाव नभएमा सड्कमा आएर जनतासंैग सडक संर्घष्ामा उत्रिने बताउनुभयो ।

संघिय राज्य हुदैमा प्रजातन्त्र आउछ भन्ने छैन त्यसैले मुलुकमा स्वाथायित्व, बिकेन्द्रीकरणका सिद्धान्त लागु हुनुपर्नेमा जोड दिर्दै संबिधान सभाको लागि आठ पार्टर्ीीे प्रतिवद्धता भएकाले प्राकृतिक र कृतिम घटना नआएमा चुनाव भई छाड्ने बताउनुभयो । तर उहाँले त्यो घटना बारे खुलाउनु भएन ।

कार्यक्रममा सांसद लिला न्याइच्याईले संबिधान सभाको चुनाव सफलताको लागि आफ्नो पार्टर्ीीनतासंग घुलमिल गर्न लागेको बताउनु भयो ।

कार्यक्रम पत्रकार महासंघ कास्कीका उपसभापति राजबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

पहाडको राहत तर्राईमा वितरण, अन्नपर्ूण्ाको टोलि रौतहटमा

Filed under: Uncategorized — bignepal @ 10:19 am

रेडियो अन्नपर्ूण्ा
भदौ १४

रेडियो अन्नपर्ूण्ा पोखराको पहलमा माछापुच्छ्रे बैंक, नेपाल निर्माण व्यवसायी संघ कास्की, खड्की सेवा समिति कास्की, क्षेत्रीय होटल संघ, पृथ्वीराजमार्ग बस संचालक समिति र पोखरा लायन्स क्लवको सहकार्यमा स्थापना गरीएको “अन्न्ापर्ूण्ा वाढिपिडित राहत कोष”मा संकलन भएको राहत आज रौहतटमा वितरण गरीएको छ ।

रेडियो अन्नपर्ूण्ाका निर्देशक शुसिल कुमार लामाको नेतृत्वमा वाढिपिडितको सहयोगार्थ राहत सामाग्री लिएर रौतहट गएको “अन्नपर्ूण्ा वाढिपिडित राहत कोष”को टोलिले रौतहट रेडक्रसको सहयोगमा करीब ५ सय घर परीवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

चन्द्रनिगाहपुरको गरुढा मा.वि मा स्थापित केन्द्रमा रेडियो अन्नपर्ूण्ाका निर्देशक शुसिल कुमार लामाले पिडितलाई खाद्यान्न वितरण गर्नुभयो ।

पहाडबाट आएको राहत पाएपछि रौतहट गरुढा केन्द्रमा आएका वाढि प्रभावित क्षेत्रका वासिन्दाले खुसि व्यक्त गदै रेडियो अन्नपर्ूण्ा पोखरालाई धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै आज नै अन्नपर्ूण्ा वाढिपिडित राहत वितरण केन्द्र गरुढा नजिकै रौतहट रेडक्रसले अर्को केन्द्र खडा गरी वाढिपिडितलाई पोखरा लगाएतका ठाउँबाट प्राप्त लत्ता कपडा र आवस्यक भाँडाहरु वितरण गरेको छ ।

रेडक्रस रौतहटका अधिकृत राम कुमार वानियाले पोखराबाट आएको राहतले पिडितको पिडालाई कम गर्ने काम गरेको बताउँदै सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्तै अन्य संस्थाहरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।

अहिले तर्राईमा वषर्ा कम भएपनि भत्केका घरहरु बनाउने वातावरण नभएको रौतहट पुगेको अन्नपर्ूण्ा वाढिपिडित राहत कोषले जानकारी दिएको छ ।

रकम संकलनको लागि माछापुच्छ्रे बैंकको चिप्लेढुंगा शाखामा ४६ हजार १ सय नंबरको खाता खोलिएको थियो ।

पहाडको राहत तर्राईमा वितरण

Filed under: Uncategorized — bignepal @ 2:41 am

विगनेपाल
भदौ १४

वाढिपिडितको सहयोगार्थ राहत सामाग्री लिएर अन्नपर्ूण्ा वाढिपिडित राहत कोषको टोलि रौतहट पुगेको छ ।

रेडियो अन्नपर्ूण्ाका निर्देशक शुसिल कुमार लामाको नेतृत्वमा गएको टोलिले यतिवेला राहत सामाग्रीको समायोजन गरी रहेको रौतहटबाट हाम्रा सकर्मिले बताएका छन् ।

रौतहटका विभिन्न भागमा वाढि बाट पिडित बनेका मानसिहरु रेडक्रसले स्थापना गरेको राहत वितरण केन्द्रमा जम्मा हुन लागेको चन्द्रनिगाहपुरबाट हाम्रा सहकर्मि त्रिभुवन पौडेल र फणि महतले जानकारी दिएका छन् ।

रौतहट रेडक्रसको सहयोगमा आज बिहान ११ बजेबाट करीब १ हजार जनालाई राहत वितरण गर्ने कार्यक्रम बनाएको रौतहट रेडक्रसले जनाएको छ ।

रौतहटबाट प्राप्त भएको खबर अनुसार अन्नपर्ूण्ा वाढिपिडित राहत कोषमा संकलन गरी त्यहाँ पठाइएको १३० बोरा लत्ता कपडा वितरण गरी सएकिो छ ।

रेडियो अन्नपर्ूण्ाको पहलमा माछापुच्छ्रे बैंक, नेपाल निर्माण व्यवसायी संघ कास्की, खड्की सेवा समिति कास्की, क्षेत्रीय होटल संघ, पृथ्वीराजमार्ग बस संचालक समिति र पोखरा लायन्स क्लवको सहकार्यमा “अन्न्ापर्ूण्ा वाढिपिडित राहत कोष” स्थापना गरीएको हो ।

August 30, 2007

सरकार र फोरम विचको वार्ता सफल, फोरम आन्दोलन छोडेर संविधान सभाको निर्वाचनमा जाने ।

Filed under: Uncategorized — bignepal @ 10:12 am

०५/१३
विगनेपाल
आरजु

सरकार र मधेशी जनअधिकार फोरम विच पटक पटक अवरुद्ध हुँदै आएको वार्ता आज २२ वुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै सफल भएको छ ।

वार्ता सफल भएपछि दलको मान्यता पाएको मधेशी फोरम संविधान सभाको निर्वाचनमा लाग्ने भएको छ । साथै आजैबाट आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको फोरमका अध्यक्ष उपेन्द्र यादवले रेडियो अन्नपर्ूण्ालाई बताउनु भयो ।

शान्ति तथा पुननिर्माण मन्त्रायलमा भएको वार्तामा मधेश आन्दोलनको क्रममा मारीएका सबैलाई शहीद घोषणा गर्ने, राज्य संचालन प्रक्रियामा समावेशी गराउने, सरकारलाई फोरमले निर्वाचनको वातावरण तयार पार्न सहयोग गर्ने, फोरमले उठाउँदै आएको समानुपातिक निर्वाचनको मागलाई छोडेर मिश्रति निर्वाचन प्रणालीमा जान सहमति जनाएको छ ।

वार्ता सफल भएपछि शान्तिमन्त्रि रामचन्द्र पौडेलले खुसि व्यक्त गर्दै अन्य समूहलाई पनि वार्ता आउन आग्रह गर्नुभएको छ । यस्तै फोरमका अध्यक्ष यादवले रेडियो अन्नपर्ूण्ासंग कुराकानी गर्दै तर्राईमा आन्दोलन गरी रहेका अन्य समूहलाई पनि वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्ने बताउनु भएको छ ।

शान्ति तथा पुननिर्माण मन्त्रि रामचन्द्र पौडेल तथा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगाएतका नेताहरु सहभागि भएको आजको वार्तामा २२ वुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

संविधानसभामा मधेसी महिलाको प्रतिनिधित्व बढाउन माग

Filed under: Uncategorized — bignepal @ 9:17 am

सोमनाथ लामिछाने
काठमाडाँै, १३ भदौ
रासस

आगामी संविधानसभाको निर्वाचनमा मधेसी महिलाका लागि समावेशी र सहभागितामूलक प्रतिनिधित्व आवश्यक रहेको भन्दै सङ्गठित आवाज उठ्न थालेको छ ।

संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फमहिलाका निम्ति राजनीतिक दलहरूले झन्डै ५० प्रतिशत स्थान दिनुपर्ने व्यवस्था भएपछि मधेसी महिलाहरूमा थप जागरण र हौसला उत्पन्न भएको हो ।

हालै चितवनको भरतपुरमा आयोजित मधेसी महिला राष्ट्रिय सम्मेलनले मधेसी महिलाको आवाजलाई पहिलोपटक सङ्गठित रूपमा उठाएको छ ।

वर्षौंदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिकलगायतका समस्याबाट पीडित भएका मुलुककै नारीहरूका लागि मधेसी महिलाले सङ्गठित रूपमा उठाएको आवाजले थप हौसला दिएको छ ।

मधेसका २० जिल्लाका मिथिला, अवधि, भोजपुरी, थारु, मुस्लिम, राजवंशी, मेचेलगायत विभिन्न जातजाति र संस्कृतिको प्रतिनिधित्व गर्ने ९२ जना महिलाले संयुक्त घोषणापत्र जारी गर्दै आगामी संविधानसभामा महिलाको उचित र पर्याप्त प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

सत्रबुँदे सो घोषणापत्रमा संविधानसभाको निर्वाचनको कुनै विकल्प छैन भन्दै संविधानसभालाई प्रतिनिधिमूलक र समावेशी बनाउन आठ राजनीतिक दल, अन्य संसदीय दल र व्रि्रोही मधेसी समूहहरूले अग्रसरता लिनुपर्ने ठहर गरिएको छ ।

मन्त्रिपरिषदको बैठकद्धारा ७ वटा मुलुकमा राजदुत नियुक्त, ल्हासामा महावाणिज्यदुत नियुक्ति

Filed under: Uncategorized — bignepal @ 9:09 am

काठमाडौं, १३ भदौ
रासस

मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न सात वटा मुलुकमा राजदूत र ल्हासामा महावाणिज्यदूत नियुक्ति प्रक्रिया सुरु गर्ने निर्ण्र्ाागरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पम्फा भुसाल प|mान्स, योगेन्द्र ढकाल अष्ट्रेलिया, विजयकान्त कर्ण्र्ााेनमार्क, वैजनाथ थपलिया इजरायल, डा.ऋषि अधिकारी मलेसिया, कमल कोइराला दक्षिण कोरिया, अजर्ुनबहादुर थापा संयुक्त अरब इमिरेट-यूएइ) र ल्हासाको महावाणिज्यदूतमा ङगिन्द्रप्रसाद उपाध्यायलाई नियुक्त प्रक्रिया अगाडि बढाउने निर्ण्र्ाागरेको हो ।

मन्त्रिपरिषद्ले नियुक्ति प्रक्रिया सुरु गर्न निर्ण्र्ाागरेका व्यक्तिहरूको संसदीय सुनुवाइ पछिमात्र औपचारिक रूपमा राजदूतमा नियुक्ति हुनेछ ।

आजको मन्त्रिपरिषद बैठकमा नेकपा माओवादीका तर्फाट वेपत्ता पारिएका नागरिकहरूको स्थिति र्सार्वजनिक हुन नसकेको, नेपाली सेनाले नयाँ भर्ना जारी राखेको र अस्थायी शिविरमा बसिरहेका माओवादी सेनालाई सरकारले दिने भनेको मासिक रु.तीन हजार एकचोटीमा दिएर बन्द गरेका लगायतका विषय उठाएपछि अन्य निर्ण्र्ााहुन नसकेको बताइएको छ ।

भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले आफूहरूले उठाएका विषयमा आजको मन्त्रिपरिषदको बैठकमा छलफल हुन नसकेपछि राजदूतको विषयमा मात्र निर्ण्र्ाागरेर बैठक समाप्त भएको जानकारी दिनुभयो ।

यसैगरी ठूला दर्ुइवटा राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच कुरा नमिल्दा सचिव नियुक्तिको विषयमा आज कुन पनि छलफल नभएको जानकारी उद्योग, वाणिज्य तथा आपर्ूर्ति मन्त्री राजेन्द्र महतोले दिनुभयो ।

राजदूत नियुत्तिm गर्दा आफ्नो पार्टर्ीीई वेवास्ता गरेको र समावेशी पनि नभएको भन्दै मन्त्री महतोले आफूले नियुक्ति प्रक्रियामा विमति राखेको बताउनुभयो ।

मन्त्रिपरिषदको बैठक भोलि पनि बस्ने बताइएको छ ।

Next Page »

Blog at WordPress.com.