Bignepal’s Weblog

September 30, 2007

एएफसि पे्रसिडेन्ट कपमा डोर्र्डोइ डाइनामो २ गोलले विजयी ।

Filed under: Uncategorized — bignepal @ 5:03 pm

आरजु
असोज १३ गते

पाकिस्तानमा संचालन भईरहेको एएफसि पे्रसिडेन्ट कपमा नेपालको महेन्द्र पुलिस क्लबले उपाधिको सपना देखे पनि खेलमा डोर्र्डोई र्डाईनामोसंग दर्ुइ गोलले हार खाएको छ ।

खेलको अन्त्य तिर महेन्द्र पुलिस क्लवले १ गोल गरेता पनि त्यो पुलिसको लागि सान्तोना गोल मात्रै हुन पुग्यो ।

सेमिफाईनलमा पुलीस क्लबले यसअघिको च्याम्यिन ताजकिस्तानको रेगरटाजलाई एक को विरुद्ध दुइ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

फाईनल प्रवेशसँगै दक्षिण एशियाबाट महेन्द्र पुलिस क्लव सेमिफाईनल जितेर फाईनलमा पुग्ने पहिलो क्लब भएको थियो ।

पोखरामा इण्डियन आइडल प्रशान्तको कर्न्र्सटमा हजारौ दर्शक

Filed under: Uncategorized — bignepal @ 4:56 pm

आरजु
पोखरा, असोज १३ गते

इण्डियन आइडल प्रशान्त तामाङले आज पोखराको नयाँ बजार स्थित स्थायी पर््रदशनी स्थलमा हजारौ दर्शक माझ साँगितीक कार्यक्रम प्रस्तुत गरेका छन् ।

इन्डियन आइडलका उत्कृष्ट १० प्रतियोगी मध्येका दिपाली, अङ्किता, नेपाली पपस्टारहरु एडि्रन प्रधान र निमा रुम्बा सहित प्रशान्तले हजारौ दर्शकहरुको माझ नेपाली र हिन्दी गितले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए

जय नेपाल भन्दै स्टेजमा उत्रिएका प्रशान्तले यो गाउँको ठिटो म, कान्छा मेरो नाम बोलको सहित हिन्दी र नेपाली गरी करिब एक दर्जन गित गाएका थिए ।

दिपाली र अंकिताले गाएको हिन्दी गितबाट पनि दर्शकहरुले मनोरञ्जन लिएका थिए ।
निमा रुम्बाले दिनमा पनि रातमा पनि सहित दुइ वटा आफ्नै गित प्रशान्त सँगै समेत गाएका थिए ।

कार्यक्रममा उपस्थित भएका १९७४ ए डी का एडि्रन प्रधान सहित निमा रुम्बा र प्रशान्तले यो मन त मेरो नेपाली हो बोलको गितमा दर्शकहरु नाँचेका थिए ।

चर्को घाममा पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको कर्न्र्सटमा कम्तीमा १२ जना दर्शकहरु बेहोस भएका थिए । उनीहरुलाई प्रहरी र स्वंसेवकले उद्धार गरी प्रहरीको गाडी र एम्बुलेन्सबाट हस्पिटमा पुर्‍याएका थिए ।

आइडल प्रशान्तले काठमाण्डौमा भन्दा पोखराको कार्यक्रम रमाइलो भएको वताउनुभयो ।

यस अघि बिहानै रेडियो अन्नपर्ुण्ा सँगको कुराकानीमा प्रशान्तले आफु पहिला पनि पोखरा आएको र आफ्ना आफन्तहरु समेत यहाँ रहेको जानकारी दिनुभएको थियो ।

उहाँले आफुलाई इण्डियन आइडल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नेपालमा आएर साँगितीक कार्यक्रम गर्दा खुसी लागेको वताउनुभयो ।

महेन्द्र पुलिस क्लब आज एएफसि पे्रसिडेन्ट कपमा उपाधिको लागी साविक विजेता डोर्र्डोइ डाइनामोसँग भिड्ने ।

Filed under: Uncategorized — bignepal @ 10:14 am

मनोज र्घर्तीमगर
असोज १३ गते

पाकिस्तानमा संचालन भईरको एएफसि पे्रसिडेन्ट कपमा नेपालको महेन्द्र पुलिस क्लब आज उपाधिको लागी साविक विजेता डोर्र्डोइ डाइनामोसँग भिड्दै छ ।

सेमिफाईनलमा पुलीस क्लबले यसअघिको च्याम्यिन ताजकिस्तानको रेगरटाजलाई एक को विरुद्ध दुइ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

फाईनल प्रवेशसँगै दक्षिण एशियाबाट महेन्द्र पुलिस क्लव सेमिफाईनल जितेर फाईनलमा पुग्ने पहिलो क्लब भएको छ ।

‘हाम्रा खेलाडिले निकै मेहनत गरेका छन् रणतितिमा पनि हामि सफल भएका छौं,त्यसैले डोर्र्डोइ डाइनामो विरुद्धको खेलमा पनि राम्रो पर््रदर्शन गर्ने छौं ।’ महेन्द्र पुलीस क्लबका प्रशिक्षक विराट श्रेष्ठले एएफसीको आधिकारीक वेभर्साईटमा भन्नुभएको छ ।

देशका अधिकांश शैक्षिक क्षेत्र बन्द ।

Filed under: Uncategorized — bignepal @ 10:12 am

विगनेपाल
असोज १३

सरकारसंग भएका सहमति कार्यान्वयन नभए पछि कार्यान्वयनको लागि दवाव दिने उद्देश्यले नेपाल शैक्षिक गणतान्त्रीक मन्चले गरेको शैक्षिक क्षेत्र बन्दको आव्हानले देशका सरकारी तथा नीजि शैक्षिक संस्था आज बन्द भएका छन् ।

मञ्चले विद्यालयमा काम गर्ने शिक्षकलाई दरबन्दीमा राख्नुपर्ने, अस्थायीलाई नियम पुर्याएर स्थायी गर्नुपर्ने, तलव सुविधामा वृद्धि गर्नुपर्ने लगाएतका मागहरु राखेर आन्दोलन गर्दै आएको छ ।

आफ्ना माग पूरा गराउन श्रावन महिनाभरीको लागि दिईएको समय सकिए पछि पुन आन्दोन शुरु गरीएको जनाईएको छ ।

शैक्षिक क्षेत्र बन्दको असर पोखरामा पनि परेको छ । विद्यालय हिडेका विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका थिए । नेपाल शैक्षिक गणतान्त्रीक मञ्च को आन्दोलनलाई सहमती जनाउदै संस्थागत विद्यालय शिक्षक यूनियन कास्कीले पनि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारसंग प्याब्सन, एन.प्याप्सन, अभिभाव संघ, शैक्षिक गणतान्त्रिक मञ्च र यूनियन बिच गत २०६३ चैत्र १९ गते भएको सहमति अहिले सम्म कार्यान्वयनमा नआएकोले आन्दोलनका कार्यक्रम घोषणा गरिएको शैक्षिक आन्दोलनमा उत्रीएका संस्थाहरुले जनाएका छन ।

काठमाढडौं माओवादीको सभा ।

Filed under: Uncategorized — bignepal @ 10:11 am

असोज, १३

निर्वाचन आयोग घेराउ गर्ने कार्यक्रम परिवर्तन गरेको नेकपा माओवादीले अहिले राजधानीको खुल्ला मञ्चमा आमसभा गरेको छ ।
र्
भईरहेको आमसभामा माओवादीका प्रवक्ता कृष्णबहादुर महराले नेपाली कांग्रेसले बैशाखमा संविधानसभाको चुनाव गराउनु पर्ने प्रस्ताव राखेको खुलासा गर्नु भएको छ ।

हिजो भएको सात दलको बैठकमा कांग्रेसले यस्तो प्रस्ताव राखेको उँहाले बताउनु भयो । सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्रीले नै संविधान सभालाई तोडाउन षड्यन्त्र गरिरहेको आरोप समेत नेता महराले लगाउनु भएको छ ।

सभामा बोल्दै प्रवक्ता महराले आफुहरु पनि संविधानसभा चुनावका लागि संर्घष्ा गरिरहेको दावी समेत गर्नुभयो ।

पर्ूव घोषीत कार्यक्रम अनुसार माओवादीले संविधानसभा चुनावको लागि राजनीतिक दलहरुले बन्द सूची निर्वाचन आयोगमा बुझाउने कार्यक्रम बिथोल्ने गरी आज आयोगको कार्यलय घेराउ गर्ने जनाएको थियो ।

तर बन्द सूची कार्यक्रम ५ दिनपछि र्सार्न सात दलहरु सहमत भएपछि उक्त कार्यक्रमलाई माओवादीले सभामा परिणत गरेको हो ।

पाँच दिन भित्र माग पूरा नभए माओवादी आन्दोलनमा जाने ।

Filed under: Uncategorized — bignepal @ 10:08 am

विगनेपाल
०६/१३

नेकपा माओवादीले पाँच दिन पछि सारीएको निर्वाचन कार्यक्रमको अवधिभरी पनि आफ्ना मागको बारेमा कुनै सुनुवाई नभए आन्दोलनमा जाने बताएको छ ।

माओवादीको आज बिहान बसेको वैठकले आफ्नो पार्टर्ीीर्ूण्ासमानुपातिक निर्वाचन प्रणाली र संसदबाट गणतन्त्र घोषणा गर्ने विषयमा अडिग रहेको जनाउँदै यि पाँच दिनभित्र माग पूरा नभएमा घोषित आन्दोलनका कार्यक्रम लिएर अगाडी जाने निर्ण्र्ाागरीएको माओवादीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभएको छ ।

महराले विभिन्न बहानामा संविधान सभाको मिति सार्ने जस्तो संकेत देखिएकोले संविधान सभाको निर्वाचन तोकिएको मिति मै गर्न नेकपा माओवादी तयार रहेको बताउनु भएको छ ।

September 29, 2007

आयोग अझै कपिलबस्तु पुगेन ।

Filed under: Uncategorized — bignepal @ 8:14 am

समाचाकक्ष
असोज, १२

कपिलबस्तु घटनाको छानबिन गर्न सरकारद्धारा गठित जाचँबुझ आयोगका प्रतिनिधि आज सम्म पनि घटनास्थल नपुगेकोमा इन्सेक पश्चिमाञ्चलले आयोगलाई ध्यानाकर्षा गराएको छ ।र्
र्
इन्सेकले आज एक विज्ञप्ति जारी गरि आयोगलाई तत्काल घटनास्थल पुगि कार्य प्रराम्भ गर्न माग गरेको छ ।

घटना भएको १४ दिन बितिसक्दा पनि सरकारले घटनाका पिडितहरुलाई प्रभावकारी सम्बोधन गर्न नसकेकोर् इन्सेकद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विस्थापितहरुको तत्काल यथोचित पुनर्स्थापना गर्नका निम्ति र घटनाका पिडितहरलाई तत्कालिन समस्यालाई प्रभावकारी सम्बोधन गर्नर् इन्सेकले विज्ञप्ति मार्फ सरकारसँग माग गरेको छ ।

हिंसात्मक घटनाको छाविन गर्न सरकारले पुनरावेदन अदालत राजविराजका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

तत्कालिन माओवादी प्रतिकार समितिका अध्यक्ष अब्दुल मोहित खँाको हत्या भएपछि कपिलबस्तुमा हिंसा भड्किएको थियो ।

प्रचण्ड र गृहमन्त्रि कृष्ण सीटौला बिच भेट बार्ता

Filed under: Uncategorized — bignepal @ 8:14 am

असोज,१२

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच आज बिहान छलफल भएको छ ।

सात दलबीच सहमति बन्न नसकेको पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीमा सहमति जुटाउन माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री सिटौलाबीच बिहान माओवादी पार्टर्ीीार्यलय बुद्धनगरमा छलफल भएको थियो । छलफलमा कुनै सहमति भने भएन ।

गृहमन्त्री सिटौलाले बिहानै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छलफल गरेपछि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुद्धनगर पुग्नु भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री मार्फ आज सम्ममा सहमतिमा आउन प्रचण्डलाई आग्रह गर्नु भएको छ ।

पार्टर्ीीई आधिकारीकता नदिएको झोंकमा महतोद्धारा मन्त्रि पदबाट राजिनामा, संविधान सभा विथोल्ने चेतावनी ।

Filed under: Uncategorized — bignepal @ 8:12 am

समाचारकक्ष
०६/१२

निर्वाचन आयोगले सद्भावना पार्टर्ीीनन्दीदेवी लाई नै आधिकारीकता प्रदान गरेपछि उद्योग वाणिज्य तथा आपर्ूर्ति मन्त्रि राजेन्द्र महतोले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

महतोले शुक्रवार साँझ नै राजधानीमा भएका संचार माध्यमलाई राजिनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रिलाई नभेट्ने गरी राजिनामा पत्र वालुवाटार पठाएको जानकारी गराउनु भएको छ ।

साथै महतोले आफ्नो अध्यक्षतामा गठित पार्टर्ीी मान्यता नपाएको झोकमा आसन्न संविधान सभाको निर्वाचन तर्राईमा हुन नदिने चेतावनि दिनुभएको छ । महतो समूहले असोजको १७ देखि १९ सम्म तर्राई बन्द गर्ने बताईएको छ ।

सिलगुढीमा कफर््र्यू, रेड एफएम दिल्लिबाट प्रशान्तलाई अपमान गरेको भन्दै विरोध, त्यस्तो अपमान नगरेको प्रमुख वर्माको दावि ।

Filed under: Uncategorized — bignepal @ 8:12 am

समाचारकक्ष
०६/१२

भारतको पश्चिम बंगालको सिलगुढि शहरमा शुक्रवार भडि्कएको हिंसाको कारण स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ कफर््र्यू जारी गरीएको छ ।

तेश्रोर् इण्डियन आईडल बनेका दार्जिलिङ निवासि प्रशान्त तामाङको बारेमा दिल्ली स्थित रेड एफएम स्टेशन बाट अपमानजनक टिप्पणी गरीएको भन्दै उनका र्समथकले विरोध गरी रहेका छन् ।

प्रशान्तका तामाङका र्समथकहरु तोडफोडमा उत्रिए पछि भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज र हवाई फायरीङ गरेको बिबिसि ले जनाएको छ ।

घटनामा परी प्रहरी सहित करीब १ सय मानिस र्घाईते भएका छन् । उत्तरी बंगालका प्रहरी महानिरीक्षक आरएस नलवाले अपमान जनक टिप्पणी गर्ने रेडियोका प्रस्तोता विरुद्ध उजुरी दिन र गिरफ्तार गर्न सकिने बताउनु भएको छ ।

यसैविच दिल्ली स्थित रेड एफएम का प्रमुख आकाश वर्मालर्ेर् इण्डियन आईडलको चर्चा गरीएको आफ्नो एक कार्यक्रममा प्रस्तोता नितिनले ठट्यौलिको पारामा केही टिप्पणी गरेको भने स्वीकार गर्नुभएको छ । तर उहाँले आफ्नो स्टेशनको आशय प्रशान्को अपमान गर्ने खालको नभएको दावि गर्नुभएको छ ।

वर्माले आफ्नो स्टेशन बाट प्रशारीत ठट्यौलिको विचारले कसैलाई आघात पर्न गएको भए माफि मागेको जनाउनु भएको छ ।

Next Page »

Blog at WordPress.com.