Bignepal’s Weblog

October 31, 2007

संसदको बैठक बिहिवार सम्मको लागि स्थगित, विधायकहरुका विचार पार्टर्ीीनुसारका, बोल्ने क्रम जारी ।

Filed under: Uncategorized — bignepal @ 5:28 pm

आरजु

कार्तिक,१४

संसदको विशेष अधिवेशनको अर्को बैठक बिहिवार दिउँसोे पुन बस्नेगरी बुधवारको वैठक टुंगिएको छ ।

संबिधानसभा अगाडी नै संसदबाट गणतन्त्रको घोषणा र पर्ुण्ा समानुपातिक निर्वाचन प्रणाली सुनिश्चत गर्न माग गरी संसदमा प्रस्ताव दर्ता गरेपछि नेकपा माओवादीको प्रस्तावबारे सोमबारबाट जारी संसदको विशेष अधिवेशनमा सांसदहरुको बोल्ने क्रम जारी रहेको छ ।

वुधवारको वैठकमा सांसदहरुले आआफ्नै दलका धारणाहरु व्यक्त गरे । उनिहरुले भाषामा फेरबदल गरेको जस्तो लागे पनि आआफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए । वैठक निर्धारित समय भन्दा करिव डेढ घन्टा ढिलो सुरु भएको थियो ।

विधायक गोपालमान श्रेष्ठले माओवादीले पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र संसदबाट गणतन्त्रको घोषणा सहितको प्रस्ताव राखेर राजावादी र प्रतिगमनकारीलाई फाइदा पुगेको बताउनु भयो ।

नेता प्रदीप गिरीले गणतन्त्र आवस्यक भएको तर माओवादीका माग पर्याप्त नभएकाले धर्ैयता नगुमाउन आग्रह गर्दै माओवादीलाई आफ्नो प्रस्तावमा पर्ुनविचार गर्न आग्रह गर्नुभयो ।

एमाले सांसद प्रकाश ज्वालाले संविधान सभा निर्वाचनलाई ओझेलमा पार्ने गरी नेपाली काङ्ग्रेस र नेकपा माओवादीले आ-आफ्नै अडान राखी झगडा गर्नु हास्यास्पद भएको बताउनु भयो । उहाँले दुवैको अडानबीचमा सहमति खोज्ने प्रयासस्वरूप एमालेले राखेको संशोधन प्रस्तावलाई सहमति जनाउन अनुरोध गर्नुभयो ।

माओवादी संासद वामदेव क्षेत्रीले आफ्नो पार्टर्ीी उठाएका माग जनताका माग भएको बताउदै ति मागमा माओवादी अडिग रहेकाले सहमति जनाउन नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई आग्रह गर्नुभयो ।

वैठकमा तारानाथ रानाभाट, हरी रोका, दावा शर्ेपा लगाएतले बोल्नु भएको थियो ।

माओवादी मागका बारेमा बाम पार्टर्ीीबचको छलफल बिना निस्कर्षटुङगियो

Filed under: Uncategorized — bignepal @ 5:25 pm

आरजु

पोखरा, कार्तिक १४

माओवादीले राखेको पर्ुण्ा समानुपातिक र संसदबाट गणतन्त्र घोषणाको मागको बारेमा आज भएको बामपन्थी पार्टर्ीी नेताहरुकोे छलफल बिना निस्कर्षटुङगिएको छ ।

नेकपा एकता केन्द्र मसालका महासचिव प्रकाशको संयोजकत्वमा एमाले, जनमोर्चा, माओवादी लगाएतका पार्टर्ीी नेताहरु विच माओवादी मागका बारेमा छलफल गरीएको भएपनि कुनै सहमती भने भएन ।

संसदमा माओवादी मागका बारेमा मतदान गर्नुभन्दा अगाडी सहमतिबाट यसलाई समाधान गर्न छलफल गरीएको जनाईएको छ ।

यस अगाडी बाम पार्टर्ीी शिर्षनेताहरुका बिच छुट्टा-छुट्टै छलफल भएको थियो ।

माओवादीले आफ्ना मागका बारेमा सहमति हुन नसके सात दलिय एकता टुट्ने चेतावनी दिएपछि बाम पार्टर्ीी बिच छलफल त्रि्र बनाईएको छ ।

माओबादी अध्यक्ष प्रचण्ड र भारतिय राजदुत बिच भेटघाट ।

Filed under: Uncategorized — bignepal @ 5:25 pm

आरजु

पोखरा, कार्तिक १४ गते

माओबादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डाक्टर बाबुराम भट्टर्राई तथा भारतिय राजदुत शिबशंकर मुखर्जी बिच आज भेटघाट भएको छ ।

पछिल्लो क्रममा भारतसँगको सम्बन्ध चिसिएको वताउँदै आएको नेकपा माओबादीका शिर्षनेताहरुले भारतिय राजदुतसँग गर्नुभएको भेटलाई अर्थपर्ुण्ा रुपमा लिइएको छ ।

यसअघि प्रधानमन्त्री कोइरालाले पनि भारतिय राजदुतसँग भेट गर्नुभएको थियो ।

मुलुकको राजनैतिक गतिरोध अन्त्य गर्नका लागि भारतले मध्यस्थताको भूमिका निर्बाह गर्न खाजेको र त्यसैक्रममा यी भेटघाटहरु भएको समाचार स्रोतहरुले जनाएका छन् ।

स्रोतहरुका अनुसार माओबादी नेताहरु र राजदुतसँग भएको भेटघाटमा समेत राजनैतिक गतिरोध अन्त्य गर्ने बिषयमा नै छलफल भएको थियो ।

सात दलिय एकता टुट्न नदिन सात बिद्यार्थी संगठनले सभामुख मार्फ दललाई खबरदारी पत्र बुझाए

Filed under: Uncategorized — bignepal @ 5:15 pm

आरजु

पोखरा कार्तिक, १४

सात राजनितिक दलको एकता नटुर्टाई राष्ट्रिय अखण्डता जोगाउन सात विद्यार्थी संगठनले आज सभामुख सुभास चन्द्र नेम्वाङ्ग मार्फ दलहरुलाई खवरदारी पत्र बुझाएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा पुगी बिद्यार्थी संगठनले सात दलिय एकता नटुर्टाई नयाँ राजनितिक सहमति गरेर अगाडी बढनुपर्ने र पेट्रोेलियम पदार्थको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने लगायतका माग रहेका छन् ।

खवरादी पत्र बुझाउदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ठाकुर गैह्रेले चुनाव रोकीएपछि सात दलबिच असमझदारी उत्पन्न भएको र फलस्वरुप देशमा आशान्तिका घटना बढदै गएको बताउनुभएको छ ।

भेटमा सभामुख नेम्वाङ्गले खवरदारी पत्र ससंदको कार्य सुचीमा समावेश गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बिद्यार्थी संगठनले संबिधान सभाको चुनाव नहुन्जेल सम्म खवरदारी गरीरहनुपर्ने बताउनुभयो ।

माओवादीले संसदमा दर्ता गराएको प्रस्ताव असफल बनाईएमा सात दलिय एकता टुट्न सक्ने चेतावनी माओवादीका नेता अनन्तले दिए लगतै आज बिद्यार्थी संगठनले खवरदारी पत्र छन् ।

सात राजनितिक दलको छलफल पछि मात्रै माओवादी माग संसदमा पेश गर्ने ३ दलका नेता बिच सहमति

Filed under: Uncategorized — bignepal @ 5:13 pm

आरजु

पोखरा, कार्तिक १४

गणतन्त्रको घोषणा निर्वाचन प्रणालीका बारेमा सहमति खोज्न आज भएको ३ दलका नेताहरुको बैठकले माओवादी माग सात राजनतिक बिच छलफल गरेर सोही अनुरुप संसदबाट पारीत गर्ने सहमति भएको छ ।

आज राजनधानीमा नेकपा एमाले, माओवादी र जनमोर्चाका नेताहरु बिच भएको बैठकमा माओवादी माग र कांग्रेसको अडान छलफल पछि निकास निस्कन नसकेमा मात्रै माओवादी माग संसदमा पेश गर्ने सहमति भएको हो ।

सहभागि नेताका अनुसार सात राजनितिक दललाई टुट्न नदिन प्रयत्न भएको बुझिएको छ ।

सहभागि एक नेताले सात राजनितिक दलको एकता नै ठुलो कुरा भएकाले सोही अनुरुप अगाडी बढने सहमति भएको बताए ।

बैठक भोली बिहान बस्ने छ । भोलीको बैठकमा सातै राजनितिक दलका शिर्षनेताका बिच छलफल हुने जनाइएको छ ।

माओवादीको भातृ संगठन वाई सि. एल. ले लोकतन्त्र बिरोधी काम गर्‍यो- “कांग्रेस”

Filed under: Uncategorized — bignepal @ 5:10 pm

आरजु

पोखरा, कार्तिक १४

नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता माथी माओवादीको भातृ संगठन वाई. सि. एल.ले पटक पटक गरेको मानव अधिकार बिरोधी कृयाकलाप नरोकेको भन्दै बिरोध जनाएको छ ।

कांग्रेसले आज एक बिज्ञप्ती जारी गरी आफ्ना कार्यकर्ता माथी धम्की दिने कुटपिट गर्ने, अपहरण जस्ता घटना दोहोर्राई रहेकाले यस्ता खालका घटना तत्काल रोक्न आग्रह गरेको छ ।

सिरहाका असर्फी चौधरीको अपहरण गरी हाल सम्म अवस्था अज्ञात रहेको, सोही जिल्लाका बेचन यादवलाई अपहरण उनको अवस्था पनि अज्ञात राखेको, नेपाल दलित संघ काठमाण्डौका सभापति सुरेन्द्रकुमार रसाइलीलाई धम्की दिएको लगाएतका घटनाको खेद व्यक्त गरेको छ ।

शान्ति सम्झौता हुदै ससंदमा रहेको पार्टर्ीीे भातृ संगटनबाट यस्ता घटना हुनु लोकतन्त्र र शान्ति सम्झौता बितपरीतका घटना भएको उल्लेख गरीएको छ ।

यस्ता खालका घटना रोक्न सम्वन्धीत पक्ष संग आग्रह गदै घटना दोहोरीय रहेमा कडा संधर्षा उत्रने चेतावनी कांग्रेसले दिएको छ ।

पानी चुहिने कास्की कारागारको निर्माण थाल्यो, आइ.सी.आर.सीले

Filed under: Uncategorized — bignepal @ 5:03 pm

आरजु

कार्तिक १४ गते, कास्की

जिर्ण्र्ाावस्थामा पुगेको ४२ बर्षपुरानो कास्की कारागारलाई अन्तराष्ट्रिय रेडक्रस आइ.सी.आर.सीले पर्ुननिर्माण सुरु गरेको छ ।

जम्मा ६० जना बन्दी राख्ने क्षमता भएको कास्की कारागारमा, हाल एक सय ३१ जना बन्दी रहेका छन् । क्षमता भन्दा झण्डै तेब्बर बन्दी रहेको कारागारमा २२ जना बन्दी पाल्पा र १० जना स्याङ्जा पठाइएको कारागार प्रमुख बिष्णु प्रकाश आचार्यले जानकारी दिनुभयो ।

बन्दी स्थानान्तरण गर्नु भन्दा पहिला बरण्डामा सुत्नुपर्ने अवस्था आएको कारागारले जनाएको छ ।

उहाँका अनुसार जिर्ण्र्ाावस्थामा पुगेको कारागारमा, बषर्ायाममा पानी चुहिने अवस्था अहिले पनि रहेको छ । साथै बजेटको अभाबमा बन्दीहरुको उपचारमा समस्या परेको पनि आचार्यले जानकारी दिनुभयो ।

हाल आइ.सी.आर.सीले कारागारमा भान्छा घर , बायो ग्याँस निर्माण र भबनको सुधारका लागि करिब ३२ लाख रुपैया खर्चेर काम गर्दैछ ।

एसिसि ट्वाण्टी/ट्वाण्टी क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई १ रनले पराजित गर्‍यो

Filed under: Uncategorized — bignepal @ 5:01 pm

आरजु

पोखरा, कार्तिक १४ गते

कुवेतमा संचालित एसीसी ट्वाण्टी/ट्वाण्टी क्रिकेट प्रतियोगीता अर्न्तगत आज भएको खेलमा नेपालले ओमानलाई १ रनले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङमा उत्रेको नेपालले ओमानलाई १ सय ४१ रनको चुनौती दिएको थियो ।

आजको बिजयले नेपाल सेमीफाईनलमा जान सजिलो हुने खेलाडीहरुले बिशलेषण गरेका छन् ।

यस अगाडी मंलवार भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

October 14, 2007

सातौं शसस्त्र प्रहरी दिवश सम्पन्न, संगठनको मर्यादालाई कायम राख्न निर्देशन ।

Filed under: Uncategorized — bignepal @ 5:05 pm

आरजु

०६/२७

असोजको २० गते देखि विभिन्न कार्यक्रम साथ मनाईदै आएको सातौं शसस्त्र प्रहरी दिवश पोखरामा सम्पन्न गरीएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश ओझाले प्रधानमन्त्रि, गृहमन्त्रि तथा संगठन प्रमुखले शसस्त्र प्रहरी वलका राष्ट्र सेवकलाई पठाएको शुभकामना सन्देश सुनाउनु भयो । साथै सम्पर्ूण्ा सशस्त्र प्रहरी कर्मचारीलाई शसस्त्र प्रहरी दिवश २०६४ एवं वडा दशैंको अवशरमा शुभकामना व्यक्त गर्दै संगठनको मर्यादालाई राख्न निर्देशन दिनुभयो ।

ओझाले सातौं प्रहरी दिवशको अवशरमा २० देखि २७ गते सम्म संचालन भएका खेलहरुमा उत्कृष्ठ हुनेहरुलाई तक्मा, प्रमाण पत्र तथा तालिम महाविद्यालय रनिङ शिल्ड प्रदान गर्नुभयो ।

सोही अवशरमा तालिममा उत्कृष्ठ कार्य गर्ने ४ जना सशस्त्र प्रहरी कर्मचारीलाई नगद पुरस्कार पनि वितरण गरीएको सशस्त्र प्रहरी निरीक्षक प्रशासन अधिकृत ध्र्रुवराज सिग्देलले जानकारी दिनुभएको छ ।

भारतलाई १८ रनले हराउँदै अष्ट्रेलियाद्धारा श्रृंखला कब्जा ।

Filed under: Uncategorized — bignepal @ 5:03 pm

आरजु

पोखरा, २७ असोज

भारतको नागपुरमा सम्पन्न छैटौ एक दिवसीय क्रिेकट प्रतियोगितामा अष्ट्रेलियाले भारतलाई १८ रनले हराउदै श्रृंखला ४/१ ले कब्जा गरेको छ ।

आजको खेलमा अष्ट्रेलियाले पहिलो ब्याटिङ गदै ८ खेलाडकिो नोक्सानीमा भारतलाई ३१८ रनको चूनौती दिएको थियो ।

३ सय १८ रनको लक्ष्य पाएको भारतका सचिन तेन्दुलकर र सौरभ गंगुलिले राम्रो शुरुवात गरेपनि लक्ष्य भेटाउन नसके पछि भारतले हार सहित श्रृखला पनि गुमाएको हो ।

भारतले ५० ओभरमा २ सय ९९ रन मात्रै बनाए पछि अष्ट्रेलिया प्रतियोगितामा बिजयी भएको हो । अष्ट्रेलियाको मजबुद पारी बनाउन एन्ड्रयु र्साईमण्स्को शतकिय योगदान रहेको थियोे भने उनले ९ चौका तथा ६ छक्का प्रहार गदै ८८ बलमा १ सय ७ रन बनाएका थिए ।

Next Page »

Blog at WordPress.com.