Bignepal’s Weblog

October 31, 2007

माओबादी अध्यक्ष प्रचण्ड र भारतिय राजदुत बिच भेटघाट ।

Filed under: Uncategorized — bignepal @ 5:25 pm

आरजु

पोखरा, कार्तिक १४ गते

माओबादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डाक्टर बाबुराम भट्टर्राई तथा भारतिय राजदुत शिबशंकर मुखर्जी बिच आज भेटघाट भएको छ ।

पछिल्लो क्रममा भारतसँगको सम्बन्ध चिसिएको वताउँदै आएको नेकपा माओबादीका शिर्षनेताहरुले भारतिय राजदुतसँग गर्नुभएको भेटलाई अर्थपर्ुण्ा रुपमा लिइएको छ ।

यसअघि प्रधानमन्त्री कोइरालाले पनि भारतिय राजदुतसँग भेट गर्नुभएको थियो ।

मुलुकको राजनैतिक गतिरोध अन्त्य गर्नका लागि भारतले मध्यस्थताको भूमिका निर्बाह गर्न खाजेको र त्यसैक्रममा यी भेटघाटहरु भएको समाचार स्रोतहरुले जनाएका छन् ।

स्रोतहरुका अनुसार माओबादी नेताहरु र राजदुतसँग भएको भेटघाटमा समेत राजनैतिक गतिरोध अन्त्य गर्ने बिषयमा नै छलफल भएको थियो ।

No Comments Yet »

No comments yet.

RSS feed for comments on this post. TrackBack URI

Leave a comment

You must be logged in to post a comment.

Blog at WordPress.com.