आरजु
पोखरा, कार्तिक १४
नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता माथी माओवादीको भातृ संगठन वाई. सि. एल.ले पटक पटक गरेको मानव अधिकार बिरोधी कृयाकलाप नरोकेको भन्दै बिरोध जनाएको छ ।
कांग्रेसले आज एक बिज्ञप्ती जारी गरी आफ्ना कार्यकर्ता माथी धम्की दिने कुटपिट गर्ने, अपहरण जस्ता घटना दोहोर्राई रहेकाले यस्ता खालका घटना तत्काल रोक्न आग्रह गरेको छ ।
सिरहाका असर्फी चौधरीको अपहरण गरी हाल सम्म अवस्था अज्ञात रहेको, सोही जिल्लाका बेचन यादवलाई अपहरण उनको अवस्था पनि अज्ञात राखेको, नेपाल दलित संघ काठमाण्डौका सभापति सुरेन्द्रकुमार रसाइलीलाई धम्की दिएको लगाएतका घटनाको खेद व्यक्त गरेको छ ।
शान्ति सम्झौता हुदै ससंदमा रहेको पार्टर्ीीे भातृ संगटनबाट यस्ता घटना हुनु लोकतन्त्र र शान्ति सम्झौता बितपरीतका घटना भएको उल्लेख गरीएको छ ।
यस्ता खालका घटना रोक्न सम्वन्धीत पक्ष संग आग्रह गदै घटना दोहोरीय रहेमा कडा संधर्षा उत्रने चेतावनी कांग्रेसले दिएको छ ।