आरजु
पोखरा, कार्तिक १४
माओवादीले राखेको पर्ुण्ा समानुपातिक र संसदबाट गणतन्त्र घोषणाको मागको बारेमा आज भएको बामपन्थी पार्टर्ीी नेताहरुकोे छलफल बिना निस्कर्षटुङगिएको छ ।
नेकपा एकता केन्द्र मसालका महासचिव प्रकाशको संयोजकत्वमा एमाले, जनमोर्चा, माओवादी लगाएतका पार्टर्ीी नेताहरु विच माओवादी मागका बारेमा छलफल गरीएको भएपनि कुनै सहमती भने भएन ।
संसदमा माओवादी मागका बारेमा मतदान गर्नुभन्दा अगाडी सहमतिबाट यसलाई समाधान गर्न छलफल गरीएको जनाईएको छ ।
यस अगाडी बाम पार्टर्ीी शिर्षनेताहरुका बिच छुट्टा-छुट्टै छलफल भएको थियो ।
माओवादीले आफ्ना मागका बारेमा सहमति हुन नसके सात दलिय एकता टुट्ने चेतावनी दिएपछि बाम पार्टर्ीी बिच छलफल त्रि्र बनाईएको छ ।