Bignepal’s Weblog

October 14, 2007

भारतलाई १८ रनले हराउँदै अष्ट्रेलियाद्धारा श्रृंखला कब्जा ।

Filed under: Uncategorized — bignepal @ 5:03 pm

आरजु

पोखरा, २७ असोज

भारतको नागपुरमा सम्पन्न छैटौ एक दिवसीय क्रिेकट प्रतियोगितामा अष्ट्रेलियाले भारतलाई १८ रनले हराउदै श्रृंखला ४/१ ले कब्जा गरेको छ ।

आजको खेलमा अष्ट्रेलियाले पहिलो ब्याटिङ गदै ८ खेलाडकिो नोक्सानीमा भारतलाई ३१८ रनको चूनौती दिएको थियो ।

३ सय १८ रनको लक्ष्य पाएको भारतका सचिन तेन्दुलकर र सौरभ गंगुलिले राम्रो शुरुवात गरेपनि लक्ष्य भेटाउन नसके पछि भारतले हार सहित श्रृखला पनि गुमाएको हो ।

भारतले ५० ओभरमा २ सय ९९ रन मात्रै बनाए पछि अष्ट्रेलिया प्रतियोगितामा बिजयी भएको हो । अष्ट्रेलियाको मजबुद पारी बनाउन एन्ड्रयु र्साईमण्स्को शतकिय योगदान रहेको थियोे भने उनले ९ चौका तथा ६ छक्का प्रहार गदै ८८ बलमा १ सय ७ रन बनाएका थिए ।

पत्रकार माथि भई रहेका आक्रमण प्रति सरकार गम्भिर बनेको गृहमन्त्रि सिटौला ।

Filed under: Uncategorized — bignepal @ 5:03 pm

आरजु

०६/२७

गृहमन्त्रि कृष्णप्रसाद सिटौलाले सरकार प्रेस स्वतन्त्रता र पत्रकार माथि भई रहेका आक्रमण प्रति गम्भिर बनेको बताउनु भएको छ ।

मन्त्रि सिटौलाले संसदको वैठकमा जानकारी गराउँदै पत्रकार वीरेन्द्र शाहको अपहरण गरीएको यतिका दिन बिति सक्दा पनि उनको अवस्था र्सार्वजनिक नभएको र सरकारको आलोचन भई रहेको अवस्थामा सरकार प्रेस स्वतन्त्रता प्रति गम्भिर भएको बताउनु भएको हो ।

उहाँले पत्रकार शाहलाई तुरुन्त रीहा गर्न अपहरणकर्तालाई आग्रह गर्नुभएको छ । गृहमन्त्रि सिटौलाले पत्रकार शाहलाई मुक्त नगरीएकोले अब र्सच अभियान थालिने पनि बताउनु भएको छ । उहाँले शाहको खोजि कार्यलाई मुख्य प्राथमिकता दिईने पनि उल्लेख गर्नुभएकेा छ ।

स्थानिय श्रोतका अनुसार शाहलाई चार जनाले अपहरण गरेर बेपत्ता पारेका बताईएको छ ।

घटना प्रति पत्रकार महासंघ, विभिन्न संघ संस्था र सरकारले निन्दा गर्दै आएका छन् ।

लोकतन्त्रमा पनि स्वतन्त्र प्रेस माथि आक्रमण जारी ।

Filed under: Uncategorized — bignepal @ 5:01 pm

लक्ष्मण पौडेल

वुटवल, ०६/२७

विभिन्न समूहका नाममा भएका श्रंृखलावद्ध आक्रमणले प्रेस जगत संकटमा परेको धारणा विभिन्न संचारकिर्महरुले व्यक्त गरेका छन् । उनिहरुले स्वतन्त्र प्रेस र पत्रकार माथिको आक्रमण रोक्न सरकार र राजनैतिक दलहरुको ध्यानाकर्षा समेत गराएका छन् ।

वडादशैं तथा तिहारको अवसरमा प्रेस चौतारी रुपन्देहीले आज वुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारहरुले कलम छोडेर सडकमा आउन वाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका पर्ूव केन्द्रीय उपाध्यक्ष मोहन चापागाईले शाही शासनकालको आक्रमण बाट मुक्र भएको प्रेस जगत माथि लोकतान्त्रिक व्यवस्थामा समेत आक्रमण हुादा राज्य मौन बसको अरोप लगाउनु भयो ।

चौतारीका केन्द्रीय सदस्य शेर बहादुर के.शी ले दलहरुलाई सुझाव दिदैं स्वतन्त्र प्रेस माथिको माओवादी प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले बाराका पत्रकार वीरेन्द्र शाहको अपहरण गर्ने दोषिलाई कारबाही गर्न माग गर्नुभयो ।

एमाले केन्द्रीय सल्लाहकार देवेन्द्र घिमिरेले संविधान सभा निर्वाचनको मिति घोषणाको लागि संचारकर्मिहरुले दवाव दिनुपर्ने बताउनु भयो ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष भरत के.शी को अध्यक्षतामा आयोजना गरीएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिले स्वतन्त्र प्रेस प्रति ऐक्यवद्धता प्रकट गरे ।

महाकालि शक्तिपिठमा आज दर्शनार्थि विच भएको भाग दौडमा १२ जनाले ज्यान गुमाए ।

Filed under: Uncategorized — bignepal @ 5:00 pm

आरजु

०६/२७

नवरात्रिको अवसरमा गुजरातको पंचमहल जिल्ला स्थित पावागढ महाकालि शक्तिपिठमा आज दर्शनार्थि विच भएको भाग दौडमा १२ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँको सरकारले घटनाको जाच्ा गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सुरक्षा श्रोतका अनुसार पर्व विशेष र विशेष समारोहमा भारतमा अधिक मानिसहरु जम्मा हुने र असामाजिक तत्वहरुले नाजायज फाईला लिनको लागि अनावस्यक हल्ला र त्रास फैलाउँदा घटना हुने गरेका जनाईएको छ ।

आजको घटनामा मृत्यु भएकाहरुको परीवारलाई भारतीय सरकारले प्रति परीवार १/१ लाख दिने जनाएको छ ।

सरकार बैरो भएका कारण देशमा अराजकता बढदै गएको मानव अधिकार कर्मी श्रेष्ठको आरोप

Filed under: Uncategorized — bignepal @ 4:59 pm

आरजु

पोखरा, असोज २७

नेपाल मानव अधिकार संगठन क्षेत्रिय संयोजक तथा केन्द्रीय सदस्य रत्ना श्रेष्ठले सरकार बैरो भएकाले देशमा अराजकता बढदै गएको बताउनुभएको छ ।

श्रेष्ठले आइतवार पोखरामा नेपाल मानव अधिकार संगठन क्षेत्रिय कार्यालय पोखराले आयोजना गरेको “मानव अधिकारका लागि सचेतना र कानुन” बिषयक २ दिने तालिमको उद्घाटन गदै उहाँले आफ्नो अधिकारका लागि हरेक पक्षले उठाएका मागलाई नसुन्दा देशमा यस्तो स्थिति उत्पन्न भएको बताउनुभयो ।

उहाँले सरकारले भए गरेका मानव अधिकार बिरोधी कृयाकलाप रोकथाम गर्न नसक्दा मानव अधिकार बिरोधी काम दिन प्रतिदिन बढदै गएको बताउनुभयो ।

श्रेष्ठले समाजमा व्याप्त रहेको बिकृतिको कारण महिला तथा बालबालिका त्यसबाट पिडित हुने गरेको दावी गर्नुभयो ।

कार्यक्रममा मानव अधिकार संगठनका केन्द्रीय सदस्य निलकण्ठ शर्माले मानव अधिकार बिरोधी कृयाकलाप ग्रामिण स्तरमा हुने भएकाले गाउँमा सचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।

संगठनका कास्की अध्यक्ष खगराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपाने, मावन अधिकारकर्मीहरु रामप्रसाद घिमिरे, सुकदेव गौतम, कुश्मराज आचार्य कार्यक्रम संयोजक टिकाप्रसाद गौचन लगाएतले बोल्नु भएको थियो ।

तालिममा कास्कीका १० गाविकाका १६ जना सहभागि रहेका छन् । तालिम भोली सम्म जारी रहने छ ।

तालिममा अधिवक्ता सुरेन्द्र थापामगर, सरला पाण्डेले कानुन र मानव अधिकारका बारेमा जानकारी गराउनु हुनेछ ।

पिक्यापले सहमति अनुसार नगरपालिकालाई बाँकी रकम नतिरेकाले भोली देखी पोखराको पार्किङ्ग शुल्क नगरपालिकाले उठाउने ।

Filed under: Uncategorized — bignepal @ 4:59 pm

आरजु

पोखरा, असोज २७

पोखरा कमर्सियल अटोपार्कले उठाउदै आएको पोखराको पार्किङ्ग शुल्क सम्झौता अनुसार कार्यान्वयन नभएकाले भोली देखी पोखरा उपमहानगर पालिकाले आफैं शुल्क उठाउने भएको छ ।

पोखरा उपमहानगर र पोखरा अटोपार्क बिच २०५७ सालमा भएको सहमति अनुसार तिर्नुपर्ने शुल्क नबुझाएकाले र्सवदलिय निर्णर्य अनुसार पार्किङ्ग शुल्क नगरपालिकाले नै उठाउन लागेको कार्यलयका कार्यकारी अधिकृत उत्तमप्रसाद नागीलाले रेडियो अन्नपर्ूण्ालाई जानकारी दिनुभयो ।

नागीलाले पिक्यापले सहमति अनुसार बुझाउनुपर्ने १० लाख रकम समयमा नबुझाएकाले अख्तियारको निर्देशन र र्सवदलिय निर्णर्य अनुसार अर्को सहमति नभए सम्मका लागि नगरपालिकाले शुल्क उठाउने बताउनुभयो ।

पोखरा कमर्सियल अटोपार्कलाई दिइएको समयमा कुनै पनि सुनुवाई नभएकाले नगरपालिका बाध्य भएर पैसा उठाउन लागिएको जानकारी दिएको छ । नगरपालिको व्यवस्थापनका लागि गठन भएको र्सवदलिय समितिले असोज १८ गते पिक्यापलाई ७ दिनको समय दिएको थियो तरे उक्त समय सम्म पनि कुनै प्रतिकृया नआएको जनाईएको छ ।

अख्तियारले गत जेठ महिनामा पिक्यापले सहमति अनुसार तिर्नुपर्ने शुल्क नदिएमा २ महिना पछि कार्यालयबाटै शुल्क उठाउन निर्देशन दिएको थियो । नगरपालिकाले भने दोहोरो सहमतिमा निर्णर्य गर्न समय लम्ब्याएको जानकारी दिएको छ ।

पिक्याप र पोखरा उपमहानगरपालिकाका बिच २०५७ सालमा १० बर्षसम्मका लागि ७० लाख बुझाउने सहमति भएको थियो । अहिले पिक्यापले नगरपालिकालाई २०६४ असोज १७ गते सम्म १० लाख ३६ हजार बुझाउन बाँकी रहेको बताइएको छ ।

पिक्यापलाई र्सवदलिय निर्णर्य अनुसार असोज १८ गते देखी लागु हुने गरी ३५ दिनको समयावधी दिइएको छ । यदी उक्त समय सम्म सहमति भएमा पिक्यापले नै शुल्क उठाउन पाउनेछ । यसैविच प्रतिकृयाको लागि पिक्यापका अध्यक्ष अशोककुमार थापासंंग हाम्रो सर्म्पर्क हुन सकेन ।

चुनावको मिति छिटो तोक्न निर्वाचन आयुक्तको आग्रह पटक पटक चुनाव रोकी दलले जनतालाई घोका दिएको आरोप

Filed under: Uncategorized — bignepal @ 4:58 pm

आरजु

पोखरा, असोज २७

निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले राजनितिक गतिरोध अन्त्य गरी तत्काल संबिधान सभाको चुनाव तोक्न आग्रह गर्नुभएको छ ।

आइतवार एक कार्यक्रममा पोखरेले संबिधान सभाको चुनावको बिकल्प नभएकाले संबिधान सभाको चुनावको छिटो मिति तोकी देशलाई निकास दिन दलहरु संग आग्रह गर्नुभएको छ ।

पोखरेलले लोकतान्त्रिक पद्धतीमा चुनाव आवश्यक भएकाले सहमतिमा मिति तोक्नुपर्ने बताउनुभयो । उहाँले चुनाव सम्पन्न गर्नका लागि जनताले सबरदारी गर्न तयार हुनुपर्ने जोड दिनुभयो ।

राजनितिक दलले पटक पटक चुनाव रोकेर जनतालाई घोका दिएको बताउदै चुनावको सफलताको लागि सबैलाई तयार रहनुपर्ने बताउनुभयो ।

तमुवान संयुक्त संर्घष्ा समितिले १५ बुँदे माग राख्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो ।

Filed under: Uncategorized — bignepal @ 4:57 pm

आरजु

पोखरा,२७ असोज

तमुवान संयुक्त संर्घष्ा समितिले आज पोखरामा एक पत्रकार सम्मेलन गरी १५ बुँदे माग राख्दै पहिलो चरणको एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम कार्तिक १३ गतेदेखि शुरु भएर मंसीर १४ गतेसम्म संचालन हुनेछन् । आन्दोलनका कार्यक्रम अर्न्तगत पहिलो दिन कार्तिक १३ गते प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने त्यसपछि गाउँगाउँमा अन्तरक्रिया,प्रशिक्षण,पोष्टर वालपेन्टिङ्,तमुवान अर्न्तगतका जिल्ला प्रवेशको सिमानामा स्वागत बोर्ड राख्ने लगायतका कार्यक्रम गरीने समितिका सचिव रेशम तमुले जानकारी गराउनुभयो ।

सचिव तमुले आन्दोलनको अन्तिम दिन मंसीर १४ गते पोखराको चिप्लेढेङ्गामा विरोध र्‍याली र विरोध सभा गरीने बताउनुभयो ।

समितिका संयोजक खड्क बहादुर तमुले काली गण्डकी देखि बुढि गण्डकी भित्रको क्षेत्रलाई तमुवान प्रदेश घोषणा गरीनुपर्ने,सात दलिय सहमतिमा तुरुन्त संविधान सभाको निर्वाचनको मिति घोषणा गर्नुपर्ने,जातिय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीमा संविधान सभाको निर्वाचन गर्नुपर्ने,आत्मनिर्ण्र्ााो अधिकार सहित तमुवान स्वायत्तताको व्यवस्था गरीनुपर्ने लगायतका १५ बुँदे माग पत्रकार सम्मेलनमा सुनाउनु भएको थियो ।

संर्घष्ा समिति तमु छोँज धी को अगुवाईमा गठन भएक्ो हो ।

गणतन्त्र र पर्ुण्ा समानुपातिक निर्वाचन प्रणाली लागु नभएमा उत्पीडित जाति आन्दोलनमा जाने

Filed under: Uncategorized — bignepal @ 4:56 pm

आरजु

पोखरा, असोज २७

तमु राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष अमर तमुले देशमा हाल राजनितिक अस्थिरता भएको बताउदै गणतन्त्र र पर्ुण्ा समानुपातिक निर्वाचन प्रणाली लागु नभएमा उत्पीडित जाती आन्दोलनमा जाने बताउनुभएको छ ।

तमु राष्ट्रिष्य मुक्ति मोर्चा स्याङजाले आयोजना गरेको पर्ुण्ा समानुपातिक प्रतिनिधित्वको र संबिधान सभाको बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तमुले उक्त कुरा बताउनु भएको हो ।

आयोजक मोर्चाका अध्यक्ष भिमबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादीका सितल, मोर्चाका केन्द्रीय महासचिव लालबहादुर तमु लगाएतले बोल्नुभएको थियो ।

October 12, 2007

माओवादीले नयाँ नयाँ शर्त राखेर चुनावमा जान नचाहेको एमाले महासचिव नेपालको भनाई ।

Filed under: Uncategorized — bignepal @ 5:15 pm

आरजु
०६/२५

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले संविधान सभाको निर्वाचन स्थगन हुनुमा माओवादीको कारण मुख्य भएको बताउनु भएको छ ।

मंसिर ६ मा चुनाव गर्ने सहमति हुँदा हुँदै पनि माओवादीले नयाँ नयाँ शर्त राखेर चुनावमा जान नचाहेको आरोप लगाउनु भयो ।

काठमाण्डौंमा शुक्रबार एमाले सर्म्पर्क विभागले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले चुनाव अघि गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचनमा जाने माओवादीको प्रस्ताव उचित नभएको बताउनु भयो ।

महासचिव नेपालले संविधान सभाको चुनाव हुन नदिन दरवारियाको षडयन्त्र भएको भन्दै माओवादीले लगाएका आरोपहरुलाई पुष्टि गर्ने आधार नभएको पनि दावी गर्नुभयो ।

उहाँले संविधान सभाको चुनाव सारेर अन्तराष्ट्रिय जगतमा नेपालको छवि विग्रिएको बताउनु भएको छ ।

« Previous PageNext Page »

Blog at WordPress.com.