आरजु
पोखरा, ०७/२०
पत्रकार वीरेन्द्र शाहको हत्याको विरोधका मंगलवार बिहान बाटै अनिश्चितकालिन नुवाकोट बन्दको घोषणा गरीएको छ । बन्दलाई नुवाकोटका शैक्षिक संस्था, नागरीक समाज तथा विभिन्न व्यवसायीहरुले ऐक्यवद्धता जनाएका छन ।
बन्द पछि नुवाकोट काठमाडौं सडक खण्ड ठप्प भएको छ । प्रेस चौतारी तथा प्रेस यूनियनले पत्रकार शाहलाई शहीद घोषणा गर्नुपर्ने, क्षेतीपर्ूर्ति दिईनु पर्ने र नेकपा माओवादीले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।
एक महिना अघि बारा बाट माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरीएका पत्रकार वीरेन्द्र शाहको माओवादीद्धारा नै आफ्ना कार्यकर्ताले रर्ीर्सइविको कारणले हत्या गरेको प्रतिवेदन र्सार्वजनिक गरेपछि संचार जगत स्तव्ध भएको छ ।
समाचार लिन बोलाई अपहरण गरी पत्रकारलाई हत्या गरीएको घटना प्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यस्तै मुलुकका विभिन्न संचार संस्थाहरुले पत्रकार हत्याको विरोधमा मंगलवार बिहान ७ बजे देशभरी शोकधून बजाएका छन् ।